• ट्रेण्डिङ्ग :
राष्ट्रियसभा निर्वाचनसंगै जनसरोकारका सवालमा ओखलढुंगाका पाँच दल एक ठाउँ उभिने

राष्ट्रियसभा निर्वाचनसंगै जनसरोकारका सवालमा ओखलढुंगाका पाँच दल एक ठाउँ उभिने


  • 12.1K
    SHARES
    • माघ ५, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 18.5K Views

    राष्ट्रियसभा निर्वाचनसंगै जनसरोकारका सवालमा ओखलढुंगाका पाँच दल एक ठाउँ उभिने

    ओखलढुंगा,५ माघ । जिल्लाको विकास निर्माण तथा जनसारेकारका सवालमा वर्तमान सत्ता समिकरणमा सहभागि ओखलढुंगाका पाँच दल एक ठाउँ हुने भएका छन् । आज नेपाली कांग्रेस  जिल्ला पार्टी कार्यालयमा बसेको गठबन्धनको बैठकले राष्ट्रियसभा निर्वाचन संगै जनसरोकारका विषयमा एक ठाउँ उभिने निर्णय गरेको हो । 

    images

    नेपाली कांग्रेस जिल्ला सभापति तेजेन्द्र खनालको संयोजकत्वमा बसेको बैठकले राष्ट्रिय सभाको निर्वाचनमा गठबन्धनका उमेद्धारलाई मतदान गरि  निर्वाचित गराउन सहयोग गर्ने निर्णय गरेको छ । त्यस्तै जिल्लामा भएगरेका भ्रष्टाचार, विकास निर्माणमा भएको ढिलासुस्ती, लगायत जनसरोकारका सवालमा पाँच दलीय गठबन्धनले सामुहीक सहभागितामा खवरदारी गर्ने समेत निर्णय गरेको नेपाली कांग्रसका जिल्ला सचिव अजय लुइटेलले जानकारी दिए । 

    उल्लेखीत निणर्यहरुको कार्यान्वयनगर्न कांग्रेस जिल्ला सभापति तेजेन्द्र खनालको संयोजकत्वमा पाँच सदस्य समिती बनाइएको छ । समितिको सदस्यमा नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य निशान्त शर्मा, नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष हंसराज वाग्ले, जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष खेमराज खड्का र राष्ट्रिय जनमोर्चाका नेता धनराम श्रेष्ठ रहेका छन् । 

    सार्वजनिक महत्वका विकास निर्माण, बजारक्षेत्र व्यवस्थापन, स्थानीय तहहरुमा देखिएका वेथितीहरुका विषयमा सामूहिक रुपमा आवाज उठाउने र सम्बन्धीत निकायलाई खवरदारी गर्ने योजनाकासाथ अघि बढ्ने निर्णय भएको समितिका सदस्य एवं  नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष हंसराज वाग्लेले बताए ।

    समृद्द ओखलढुंगा निमार्णाका लागि प्रशासनिक निकाय देखी स्थानीय तहमा भएका गलत कृयाकलापको खवरदारी गर्दै जनजिवीकाका सवाललाइ सामुहीक रूपमा उठाउने अभियान सुरू गरिएकाे नेपाली कांग्रेसका जिल्ला उपसभापति कमल तामाङले जानकारी दिए ।