• ट्रेण्डिङ्ग :
चीनमा कार्गो जहाजले पुल भत्काउँदा दुई जनाको मृत्यु

चीनमा कार्गो जहाजले पुल भत्काउँदा दुई जनाको मृत्यु


  • 2.7K
    SHARES
    • फाल्गुण १०, २०८० बिहीबार
    • २ बर्षs अघि
    • 4.1K Views

    चीनमा कार्गो जहाजले पुल भत्काउँदा दुई जनाको मृत्यु

    काठमाडौं । चिनियाँ सहर क्वाङचौमा एक कार्गो जहाजले पुल भत्काउँदा दुई जनाको ज्यान गएको छ । पुलमा गुडिरहेका पाँच वटा सवारी साधन नदीमा खसेको छ। एक जना घाइते भएका छन्।

    images

    यसरी खस्नेमा एउटा सार्वजनिक बस पनि रहेको बताइएको छ। यो दुर्घटनामा दुई जनाको ज्यान गएको छ। तीन जना अझै हराइरहेको सरकारी सञ्चारमाध्यमले जनाएको छ।

    बिहीबार भएको दुर्घटनामा पुलको एउटा हिस्सा भाँचिएको देखिन्छ। स्थानीय समयअनुसार यो घटना बिहान साढे ५ बजे भएको हो। जहाजका क्याप्टेनलाई पक्राउ गरिएको चिनियाँ सञ्चार माध्यमले जनाएका छन् ।


    तेस्रो आँखा