• ट्रेण्डिङ्ग :
सुकदेवामा योग भवनको शिलान्यास

सुकदेवामा योग भवनको शिलान्यास


  • 3.5K
    SHARES
    • फाल्गुण १२, २०८० शनिबार
    • २ बर्षs अघि
    • 5.4K Views

    सुकदेवामा योग भवनको शिलान्यास

    दंगीशरण १२ फागुन/दंगीशरण ४ को सुकदेवामा योग भवनको शिलान्यास गरिएको छ । शनिबार एक कार्यक्रमका बीच दंगीशरण गाउँपालिकाबाट बिनियोजित १० लाख रुपैयाबाट निर्माण हुन लागेको योगहलको गाउँपालिका अध्यक्ष शम्भु गिरीले शिलान्यास गरेका हुन् ।

    images

    भवन शिलान्यास गर्दै गाउँपालिका अध्यक्ष शम्भु गिरीले शारिरिक र मानसिक स्वास्थ्यका लागि योग अपरीहार्य रहेको बताए । पछिल्लो समय मानसिक रोगिको संख्यामा वृद्धि हुदै गएको प्रती दुख ब्यक्त गर्दै मानसिक स्वास्थ्यलाइ स्वस्थ राख्न योगमा जोडिन आवस्यक रहेको बताए । अहिले शिलान्यास गरेको योगहल योगका लागी मात्र नभइ दंगीशरण ४ मा हुने हरेक सार्वजनिक कार्यक्रम गर्नकालागी समेत रहेको बताए ।

    यस्तै भवन शिलान्यास गर्दै वडा न ४ का वडाध्यक्ष कमल थारूले शिलान्यास हुदै गरेको भवनले आम नगारीकलाइ सहज हुने अपेक्षा लिएको बताए । कार्यक्रममा पतन्जलि योग समिती दाङका जिल्ला सह प्रभारी बिनोद चौधरी, योग प्रशिक्षक देवा बस्नेत लगायतले भनाइ राखेका थिए ।


    तेस्रो आँखा