• ट्रेण्डिङ्ग :
इलाम उपनिर्वाचन : उम्मेदवारी दर्ता चैत २४ गते

इलाम उपनिर्वाचन : उम्मेदवारी दर्ता चैत २४ गते


  • 3.0K
    SHARES
    • फाल्गुण १४, २०८० सोमबार
    • २ बर्षs अघि
    • 4.6K Views

    इलाम उपनिर्वाचन : उम्मेदवारी दर्ता चैत २४ गते

    काठमाडौं, १४ फागुन/इलामको निर्वाचन क्षेत्र नं। २ र बझाङको निर्वाचन क्षेत्र नं। १ को प्रदेशसभा निर्वाचन क्षेत्र नं। १ मा हुने उपनिर्वाचनका लागि आगामी चैत २४ गते उम्मेदवारी दर्ता हुने भएको छ ।

    images

    निर्वाचन आयोगले सोमबार आगामी २०८१ वैशाख १५ गते हुने उपनिर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । जसअनुसार दल दर्ताका समय फागुन २४ देखि ३० गतेसम्म तोकिएको छ ।

    आयोगका उपसचिव एवम् सहायक प्रवक्ता डा। थानेश्वर भुसालका अनुसार चैत २४ गते  उम्मेदवारी दर्ता हुनेछ भने २७ गते अन्तिम नामावली प्रकाशन गरेर निर्वाचन चिह्न प्रदान गरिनेछ ।

    त्यस्तै, चैत २८ देखि २०८१ वैशाख १२ गतेसम्म निर्वाचन प्रचारप्रसारको अवधि तोकिएको आयोगले जनाएको छ । वैशाख १५ गते बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान हुनेछ ।

    press11-14.jpg
    undefined


    तेस्रो आँखा