• ट्रेण्डिङ्ग :
पाकिस्तानले पायाे पहिलाे महिला मुख्यमन्त्री, पन्जाबमा नवाज शरीफकी छाेरी मरियम निर्वाचित

पाकिस्तानले पायाे पहिलाे महिला मुख्यमन्त्री, पन्जाबमा नवाज शरीफकी छाेरी मरियम निर्वाचित


  • 3.3K
    SHARES
    • फाल्गुण १४, २०८० सोमबार
    • २ बर्षs अघि
    • 5.1K Views

    पाकिस्तानले पायाे पहिलाे महिला मुख्यमन्त्री, पन्जाबमा नवाज शरीफकी छाेरी मरियम निर्वाचित

    पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरीफकी छोरी मरियम नवाज पन्जाबको मुख्यमन्त्रीमा निर्वाचित हुनुभएको छ । ५० वर्षकी मरियम नवाज पाकिस्तानकै पहिलो महिला मुख्यमन्त्री बन्नुभएको छ ।

    images

    पूर्वप्रधानमन्त्री इमरान खान समर्थित सुन्नी इत्तेहाद काउन्सिलका राना अयुबलाई हराउँदै मरियम नवाज मुख्यमन्त्री बन्नुभएको हो । पन्जाबमा नवाज शरीफको पार्टी पाकिस्तान मुस्लिम लिग (पीएमएल–एन) को एकल बहुमत छ ।

    गएको फेब्रुअरी ८ मा भएको आमचुनावमा सङ्घीय सरकारका लागि कुनै पनि दलको बहुमत नपुगेपछि पूर्वप्रधानमन्त्री नवाज शरीफ नेतृत्वको पीएमएल–एनले छ दलीय गठबन्धनमा नयाँ सरकार बनाउने भएको छ । पूर्वप्रधानमन्त्री नवाज शरीफका भाइ शहबाज शरीफ प्रधानमन्त्री बन्दै हुनुहुन्छ । प्रधानमन्त्री पदका लागि फेब्रुअरीको अन्तिमसम्म संसदमा चुनाव हुनेछ ।


    तेस्रो आँखा