• ट्रेण्डिङ्ग :
बकैयामा बिहीबार शोक बिदा

बकैयामा बिहीबार शोक बिदा


  • 3.7K
    SHARES
    • फाल्गुण १६, २०८० बुधबार
    • २ बर्षs अघि
    • 5.7K Views

    बकैयामा बिहीबार शोक बिदा

    हेटौंडा १६ फागुन/मकवानपुरको बकैया गाउँपालिकाले पालिकाको वडा नं। ७ का वडासदस्य रामकुमार तितुङको शोक बिदा दिने निर्णय गरेको छ । गाउँ कार्यपालिकाको बुधबारको निर्णय अनुसार वडा सदस्य तितुङको निधनप्रति दुःख व्यक्त गर्दै बिहीबार शोक बिदा दिने निर्णय गरेको हो ।

    images

    पालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठद्वारा जारी सूचनामा वडा सदस्य तितुङको असायमिक निधन भएका कारण गाउँपालिकास्थित सम्पूर्ण सरकारी कार्यालय र  शिक्षण संस्थामा बिहीबार शोक बिदा दिइएको उल्लेख छ ।

    बकैया गाउँपालिका ७ मानदमार घर भएका ४० वर्षीय तितुङको आफ्नै घर अगाडि हिँडिरहेको अवस्थामा मङ्गलबार दिउँसो एक्कासि बिजुलीको पोल ढलेर लाग्दा घाइते हुनुभएको थियो । उहाँको उपचारका क्रममा बुधबार बिहान चितवन मेडिकल कलेज भरतपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।

    Bakaiya_RM_Wada_sadasya___Makawanpur1.jpg
    undefined


    तेस्रो आँखा