मकवानपुर । यहाँको बकैया गाउँपालिकाले वडासदस्यको निधन भएपछि आज शोक विदा दिएको छ। बकैया-७ का वडासदस्य रामकुमार तितुङको निधन भएका कारण पालिकाले शोक बिदा दिने निर्णय गरेको हो।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठद्वारा जारी सूचनामा गाउँपालिका भरिका सबै सरकारी कार्यालय र शिक्षण संस्थाहरुमा बिहीबार शोक बिदा दिएको उल्लेख गरिएको छ।
हिजो दिउँसो साढे १ बजे तिर आफ्नै घरअगाडि एक्कासी बिजुलीको पोल ढलेर लाग्दा ४० वर्षीय तितुङ गम्भीर घाइते भएका थिए। उनलाई उपचारको लागि हेटौंडास्थित चुरेहिल अस्पतालमा लगिएको थियो।
