दंगीशरण १७ फागुन/दंगीशरण ७ को बुटनियामा योगहल भवनको शिलान्यास गरिएको छ । आज एक कार्यक्रमकाविच दंगीशरण गाउँपालिकाबाट बिनियोजित १० लाख रुपैयाबाट निर्माण हुन लागेको योगहलको गाउँपालिका अध्यक्ष शम्भु गिरीले शिलान्यास गरेका हुन् ।
भवन शिलन्यास गर्दै गाउँपालिका अध्यक्ष शम्भु गिरीले सारीरीक र मानसिक स्वास्थ्यका लागी योग अपरीहार्य रहेको बताए । पछिल्लो समय मानसिक रोगिको संख्यामा वृद्धि हुदै गएकोप्रती दुख ब्यक्त गर्दै मानसिक स्वास्थ्यलाइ स्वस्थ राख्न योगमा जोडिन आवस्यक रहेको बताए । अहिले शिलान्यास गरेको योगहल योगका लागी मात्र नभइ दंगीशरण ७ मा हुने हरेक सार्वजनिक कार्यक्रम गर्नकालागी समेत रहेको बताए । यस्तै भवन शिलान्यास गर्दै कार्यपालिका सदस्य चन्दा योगीले शिलान्यास हुँदै गरेको भवनले आम नगरिकलाई सहजहुने अपेक्षा लिएको बताए ।
कार्यक्रममा पतन्जलि योग समिती दाङका जिल्ला सह प्रभारी बिनोद चौधरीले पनि योगको फाइदा र यसको महत्त्वबारे प्रस्ट पारेका थिए । योगहल शिलान्यास कार्यक्रम पतन्जलि योग समिती दंगीशरणका निबर्तमान अध्यक्ष तथा योगहल निर्माण उपभोक्ता समितीका अध्यक्ष दिपक गौतमको अध्यक्षता,गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आथित्यता तथा कार्यपालिका सदस्य चन्दा योगीको विशिष्ट अथित्यतामा भएको थियो ।
