• ट्रेण्डिङ्ग :
सडकमा जमेको हिउँ पन्छाउने काम सुरु

सडकमा जमेको हिउँ पन्छाउने काम सुरु


  • 5.7K
    SHARES
    • फाल्गुण १७, २०८० बिहीबार
    • २ बर्षs अघि
    • 8.7K Views

    सडकमा जमेको हिउँ पन्छाउने काम सुरु

    हुम्ला, १७ फागुन/सिमकोट–हिल्सा सडक खण्डको सिमकोट गाउँपालिका –७ को लाग्नमा जमेको हिउँ मेशिनबाट पन्छाउने काम सुरु भएको छ । 

    images

    उक्त सडक सुचारु गर्न स्थानीय प्रशासनको समन्वयमा हिल्सा सिमकोट सडक अयोजनाले हिउँ पन्छाउने कार्य सुरु गरेको हो । आयोजनाका लेखा प्रमुख बिजय रोकायाले बिहीबार जेसिभी लगाएर सिमकोट–हिल्सा सडक आयोजनाको लाग्न खण्डमा जमेको हिउँ पन्छाउने काम सुरु भएको बताउनुभयो । 

    दश दिन यता सडकमा हिउँ जमेका कारण उक्त खण्डको सडक बन्द रहेको छ । उहाँले मेशिन र प्राबिधिक हिउँ जमेको स्थान लाग्नमा पुगेर हिउँ फाल्ने काम सुरु भएको बताउँदै सम्भव भएसम्म बिहीबार साँझसम्म वा नभए शुक्रबार दिउँसोसम्म सडक सफा गरिसक्ने र यातायातका साधन सुचारु हुने बताउनुभयो । 

    यसबाट सिमकोट गाउँपालिका वडा –७ र ८ तथा नाम्खा गाउँपालिकाको यातायात सेवा अबरुद्ध भएको छ । करिब दुई मिटर सडकमा हिउँ जमेको छ । सडकमा डेढ फिटसम्म हिउँ जमेको छ । सो पन्छाउन आयोजनाले भाडामा जेसिवी प्रयोग गरेको र घण्टाको हिसावमा भुक्तानी गरिनेछ ।


    तेस्रो आँखा