• ट्रेण्डिङ्ग :
बुलौदीमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

बुलौदीमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु


  • 2.8K
    SHARES
    • फाल्गुण १९, २०८० शनिबार
    • २ बर्षs अघि
    • 4.3K Views

    बुलौदीमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

    काठमाडौं १९ फागुन/पोखरा महानगरको वडा ७, बुलौदीमा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । शनिबार बिहान पौने ४ बजेतिर बुलौदीको ओरालोमा बा प्र ०२–०३४ प ५६२१ नम्बरको मोटरसाइकल सडक डिभाइडरमा ठोक्किएर दुर्घटना भएको प्रहरीको भनाइ छ ।  

    images

    हल्लनचोकबाट जिरो किमीतर्फ जाँदैगरेको मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते चालक र पछाडि सवार दुवैको उपचारका क्रममा निधन भएको वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायब उपरीक्षक राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । 

    कैलालीको सोरहनपुर गाउँपालिका वडा ३ घर भएका वर्ष २८ का महेश आचार्यको सवा ४ बजे र सोही ठाउँ घर भएका ३० वर्षीय शैलेन्द्रकुमार उपाध्यायको पौने ५ बजे उपचारका क्रममा गण्डकी क्षेत्रीय अस्पतालमा निधन भएको हो । दुवैको शव क्षेत्रीय अस्पतालमै रहेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


    तेस्रो आँखा