• ट्रेण्डिङ्ग :
सभापति देउवा र अध्यक्ष नेपालबीच भेटवार्ता

सभापति देउवा र अध्यक्ष नेपालबीच भेटवार्ता


  • 3.0K
    SHARES
    • फाल्गुण २३, २०८० बुधबार
    • २ बर्षs अघि
    • 4.5K Views

    सभापति देउवा र अध्यक्ष नेपालबीच भेटवार्ता
    काठमाडौँ, २३ फागुन/ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच आज भेटवार्ता भएको छ ।
     
    अध्यक्ष नेपालको कोटेश्वरस्थित निवासमा भएको भेटवार्तामा विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको थियो । पूर्वप्रधानमन्त्रीद्वयबीचको सो भेटमा सहभागी नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले परिवर्तित सन्दर्भबारे सकारात्मक कुराकानी भएको जानकारी दिनुभयो । 
     
    उहाँले एकीकृत समाजवादीको आजै बस्ने सचिवालयको बैठक र निर्णयका आधारमा आफूहरुबीच पुनः छलफल हुने समेत उल्लेख गर्नुभयो । अध्यक्ष नेपालसँग मङ्गलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलगायतले पनि भेटवार्ता गर्नुभएको थियो ।


    तेस्रो आँखा