• ट्रेण्डिङ्ग :
माओवादीद्वारा गण्डकी सरकारलाई दिएको समर्थन फिर्ता

माओवादीद्वारा गण्डकी सरकारलाई दिएको समर्थन फिर्ता


  • 3.3K
    SHARES
    • फाल्गुण २३, २०८० बुधबार
    • २ बर्षs अघि
    • 5.0K Views

    माओवादीद्वारा गण्डकी सरकारलाई दिएको समर्थन फिर्ता
    गण्डकी, २३ फागुन/नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । 
     
    आज बसेको संसदीय दलको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको सो दलका नेता हरिबहादुर चुमानले जानकारी दिनुभयो । माओवादी केन्द्रले समर्थन फिर्ता लिएसँगै नेपाली कांग्रेस नेतृत्वको प्रदेश सरकार अल्पमतमा परेको छ । यसअघि मङ्गलबार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले माओवादी केन्द्रका दुई मन्त्रीलाई पदमुक्त गर्नुभएको थियो ।


    तेस्रो आँखा