• ट्रेण्डिङ्ग :
‘राप्रपा कुनै पनि गठबन्धनमा सहभागी हुँदैन’

‘राप्रपा कुनै पनि गठबन्धनमा सहभागी हुँदैन’


  • 3.1K
    SHARES
    • फाल्गुण २३, २०८० बुधबार
    • २ बर्षs अघि
    • 4.7K Views

    ‘राप्रपा कुनै पनि गठबन्धनमा सहभागी हुँदैन’

    भरतपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डेले आफ्नो पार्टी कुनै पनि गठबन्धन र सरकारमा सहभागी नहुने स्पष्ट गर्नुभएको छ । भरतपुर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उपाध्यक्ष पाण्डेले राप्रपा आन्दोलनमा जाने घोषणाका साथ अघिबढेकाले पार्टी अहिले त्यसैमा केन्द्रित रहेको बताउनुभयो । 

    images

    उहाँले भन्नुभयो, “हामीले आन्दोलनको घोषणा गरिसकेका छौँ । चैत १६ गतेदेखि हाम्रो आन्दोलन सुरु हुन्छ । हामी कुनै पनि गठबन्धनको सरकारमा नजाने निर्णयमा अडिग छौँ ।” 

    फरक प्रसङ्गमा उहाँले मिटरब्याजपीडित, महिला, गरिब किसानका पक्षमा सरकारले काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।


    तेस्रो आँखा