• ट्रेण्डिङ्ग :
लोकसेवा आयोगको वार्षिक प्रतिवेदन राष्ट्रियसभामा पेस

लोकसेवा आयोगको वार्षिक प्रतिवेदन राष्ट्रियसभामा पेस


  • 3.5K
    SHARES
    • फाल्गुण २४, २०८० बिहीबार
    • २ बर्षs अघि
    • 5.4K Views

    लोकसेवा आयोगको वार्षिक प्रतिवेदन राष्ट्रियसभामा पेस
    काठमाडौँ, २४ फागुन/राष्ट्रियसभामा लोकसेवा आयोगको ६४औँ वार्षिक प्रतिवेदन, २०७९/८० पेस भएको छ । सभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट खानेपानीमन्त्री राजेन्द्रकुमार राईले उक्त प्रतिवेदन पेस गर्नुभयो ।
     
    बैठकमा सभाका सचिव डा सुरेन्द्र अर्यालले राष्ट्रियसभाबाट पारित भई सन्देशसहित प्रतिनिधिसभामा पठाइएको ‘अनुगमन तथा मूल्याङ्कन विधेयक, २०७६’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश जानकारी गराउनुभएको थियो ।
     
    बैठकमा राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्री नियुक्ति र कार्यभारसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनुभएको थियो । राष्ट्रियसभाको अर्को बैठक यही फागुन २७ गते आइतबार अपराह्न १ बजेर  ९ मिनेटमा बस्नेछ ।


    तेस्रो आँखा