• ट्रेण्डिङ्ग :
लमही स्थित पुर्व-पश्चिम राजमार्ग बन्द 

लमही स्थित पुर्व-पश्चिम राजमार्ग बन्द 


  • 4.3K
    SHARES
    • फाल्गुण २७, २०८० आइतबार
    • २ बर्षs अघि
    • 6.6K Views

    लमही स्थित पुर्व-पश्चिम राजमार्ग बन्द 

    दाङ २७ फागुन/दाङको लमही स्थित अर्जुनखोलामा पुर्व पश्चिम राजमार्ग बन्द गरिएको छ । सवारी दुर्घटनामा परि अटो चालक लमही ७ कमानपुर निवासी विष्णु बहादुर थापाको मृत्यु भएपछि पीडित परिवारले राजमार्ग बन्द गरेका हुन् । राजमार्ग अहिले पूर्णरूपमा ठप्प छ ।

    images

    तिनदिन देखि थापाको शव नेपालगंज भेरी अस्पतालमा राखिएको छ । मृतकका परिवारले शव अहिलेसम्म बुझेका छैनन् । पीडित परिवारले शब नबुझी सम्बन्धित गाडी धनी आएर स्पष्ट छलफल गर्नुपर्ने माग राखेका छन् । राजमार्गमा सुरक्षाकर्मी तैनाथ परिचालन गरिएको छ । राजमार्ग बन्द गरिएसंगै उक्त सडक भएर ओहोर दोहोर गर्ने सवारी साधन बाटोमै रोकिएका छन् ।


    तेस्रो आँखा