• ट्रेण्डिङ्ग :
हामी काम गर्न आएका हौँ : उपसभापति वाग्ले

हामी काम गर्न आएका हौँ : उपसभापति वाग्ले


  • 3.4K
    SHARES
    • फाल्गुण ३०, २०८० बुधबार
    • २ बर्षs अघि
    • 5.2K Views

    हामी काम गर्न आएका हौँ : उपसभापति वाग्ले
    काठमाडौँ, ३० फागुन/राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा स्वर्णिम वाग्लेले आफ्नो पार्टी नयाँ भएको र जनताका काम गर्न आएको बताउनुभएको छ ।
     
    प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गर्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि दलीय आधारमा जारी छलफलमा उहाँले रास्वपाले सार्वजनिक सेवा प्रवाहका लागि गठबन्धन गरेको स्पष्ट पार्नुभयो ।
     
    रास्वपाले सरकारमा बसेर सुशासन र सेवा प्रवाह गर्ने उल्लेख गर्दै उपसभापति वाग्लेले त्यो काम गर्न नसकेको दिन पार्टी आफै सरकारबाट बाहिरिने पनि स्पष्ट गर्नुभयो । साथै उहाँले जोखिम लिएरै आफूहरुले वर्तमान गठबन्धन सरकारलाई साथ दिएको हुनाले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने बताउनुभयो । 


    तेस्रो आँखा