• ट्रेण्डिङ्ग :
प्रदेश १ प्रहरी अपरेशन
६ महिनामा ११ सय ६८ अभियुक्त पक्राउ, १९ करोड राजस्व संकलन 

६ महिनामा ११ सय ६८ अभियुक्त पक्राउ, १९ करोड राजस्व संकलन 


  • 6.4K
    SHARES
    • माघ १०, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 9.8K Views

    ६ महिनामा ११ सय ६८ अभियुक्त पक्राउ, १९ करोड राजस्व संकलन 

    काठमाडाैं,१० माघ । नेपाल प्रहरी प्रदेश नम्बर १ ले ६ महिनामा प्रदेश भित्रबाट एक हजार १ सय ६८ अभियुक्त पक्राउ गरेको छ । चालू आर्थिक वर्षको ६ महिनामा प्रदेश १ ले विभिनन मुद्धामा फरार रहेका एक हजार १ सय ६८ फरार अभियुक्त पक्राउ गरेको हो । 

    images

    प्रदेश १ का १४ जिल्लाबाट विभिन्न मुद्धामा कानुन  अनुसारको सजाए भुक्तान नगरी फराररहेका अभियुक्तहरु धमाधम पक्राउ गरि कारवाहीका लागि सम्बन्धीत निकायमा सिफरिस गरेको प्रदेश प्रहरीले जनाएको छ ।  जिल्ला अदालतबाट कैद र जरिवाना सजाय पाएर पनि फरार रहेका अभियुक्तहरू गत साउनदेखि पुस महिनासम्ममा हजार १ सय ६८ पक्राउ गर्न सफल भएको प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार बि.सी.ले बताए । 

    पक्राउ परेका अभियुक्तहरूबाट प्रहरीले ६ सय ३२ वर्ष कैद भुक्तान गराउँदै कुल चार करोड २५ लाख ९० हजार जरिवाना समेत असुल गराएको उनले जानकारी दिए । आ.व २०७७/०७८ मा जम्मा चार सय ७५ फरार अभियुक्तहरू पक्राउ परेकोमा यस बर्ष ६ महिनामै करिव तेब्बर अभियुक्त पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ । सबै पक्षको आवश्यक साथ सहयोगमा लामो समयदेखि फरार रहेका उनिहरुलाई पक्राउ गरी आवश्यक कानुनी दायरामा ल्याउन सफल भएको बि.सी.ले बताए । 

    गत आर्थिक वर्षमा पक्राउ गरिएकाहरूबाट ५ सय ३७ वर्ष कैद सजाय असुल भएको थियो भने दुई करोड ६६ लाख ५० हजार जरिवाना असुल भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ  । यसैगरी आ.व २०७६/०७७ मा ५ सय ७६ फरार अभियुक्त पक्राउ परेका तथ्यांकमा उल्लेख छ  । उनीहरूबाट २ सय ३५ वर्ष कैद सजाय भुक्तान भएको थियो भने एक करोड ५२ लाख ७० हजार रुपैयाँ जरिवाना असुल भएको प्रहरी श्रोतको भनाइ छ  ।

    चालू आर्थिक वर्षको ६ महिनामा प्रदेश १ मा जम्मा तीन हजार ६ सय २७ वटा मुद्दा दर्ता भएको छ । यो अवधिमा अघिल्लो आ.व २०७७/०७८ मा तीन हजार ३ सय १८ वटा मुद्दा दर्ता भएको प्रहरी प्रदेश कार्यालयले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ ।

    त्यस्तै प्रदेश १ प्रहरीले चालू अर्धवार्षिक अवधिमा १९ करोडभन्दा बढी राजस्व संकलन गरेको छ ।प्रदेश १ प्रहरीका अनुसार चालू वर्षको छ महिनामा भन्सार चोरी तस्करीमा संलग्न ४७ जना, नदीजन्य पदार्थको अवैध रूपमा दोहन गर्ने ३२ जना र काठ चोरी गर्ने ४२ जना पक्राउ परेका छन् । प्रहरीले  ५ सय १५ वटा नदीजन्य पदार्थ उत्खनन  र ओसारपसार गर्ने सवारीसाधन समेत नियन्त्रणमा लिएको जनाएको छ  ।

    चालू वर्षको छ महिनामा  प्रदेश १ मा ट्राफिक नियम उल्लंघन गर्ने एक लाख ३१ हजार ५ सय ७६ वटा सवारीसाधनलाई कारबाही गरेको छ । उक्त कारबाही बाट १९ करोडभन्दा बढी राजस्व संकलन गरेको प्रदेश १ प्रहरी प्रवक्ता नविनराज राइले जानकारी दिए । त्यस्तै ६ महिनामा ३ सय ८३ किलाे गाँजा नियन्त्रणमा लिएकाे छ भने प्रदेशभरीका १ हजार ६ सय ७१ राेपनी जग्गामा लगाएकाे ७ लाख ५१ हजार ७७८ बाट गाँजा नषट गरेकाे छ।  प्रदेश १ र मातहतका प्रहरी कार्यालयहरूबाट अपराध नियन्त्रण, गैर कानुनी कार्यकाे अनुगमन नियन्त्रणा र राजश्व संकलनमा अघिल्ला वर्षहरूमा भन्दा यस वर्ष उल्लेख्य बृद्दि भएकाे पाइएकाे छ ।