• ट्रेण्डिङ्ग :
इजराइली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र जर्मनीका चान्सलरबीच भेट

इजराइली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र जर्मनीका चान्सलरबीच भेट


  • 3.5K
    SHARES
    • चैत्र ५, २०८० सोमबार
    • २ बर्षs अघि
    • 5.4K Views

    इजराइली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र जर्मनीका चान्सलरबीच भेट

    इजराइलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आइतबार प्रधानमन्त्री कार्यालय जेरुसेलममा जर्मनीका चान्सलर ओलाफ सोल्जसँग भेट गर्नुभएको छ । चान्सलरको यो तेस्रो इजराइल भ्रमण हो भने गाजामा हमासले युद्ध सुरु गरेपछिको दोस्रो भ्रमण हो । 

    images

     “इजराइली सैनिकहरूले आधुनिक समयका कुनै पनि अन्य सैनिकको तुलनामा नागरिक हताहत न्यूनीकरण गर्न धेरै काम गरेको छ र अन्य सैनिकको तुलनामा घना सहरी युद्ध र नागरिकलाई मानव ढालका रूपमा प्रयोग गर्ने हमासजस्ता लडाकूहरूको सामना गरेका छन्”, चान्सलरसँगको भेटपछि प्रधानमन्त्री नेतान्याहूले भन्नुभयो । 

     इजराइलले मानवीय सहायता वृद्धिका लागि गरेका असामान्य प्रयास गरिरहेको उहाँले बताउनुभयो । यद्यपि हमासको लुटपाटले गाजामा यस्ता सहयता वितरणका लागि मुख्य अवरोध सृजना गरेको कुरा बताउनुभयो । 

     “हाम्रो नरसंहारका लागि प्रतिबद्ध हमास लडाकू समूहको अन्त्य गर्न सकिएन भने गाजाका लागि शान्तिको भविष्य छैन, इजराइलको भविष्य छैन । यसको अन्त्य गरिएन भने यो पुनःसङ्गठित हुनेछ र पुनःकब्जा गर्नेछ र नरसंहार बारम्बार दोहोरिनेछ”, प्रधानमन्त्री नेतान्याहूले भन्नुभयो ।


    तेस्रो आँखा