• ट्रेण्डिङ्ग :
रोकियो अफगान–पाक सीमामा झडप

रोकियो अफगान–पाक सीमामा झडप


  • 3.1K
    SHARES
    • चैत्र ६, २०८० मंगलबार
    • २ बर्षs अघि
    • 4.8K Views

    रोकियो अफगान–पाक सीमामा झडप

    पाकिस्तानी हवाई हमलाले अफगानिस्तान–पाकिस्तान सीमामा निम्त्याएको झडप रोकिएको तालिवान सरकारका प्रवक्ताले मङ्गलबार बताएका छन् । 

    images

     “लडाइँ रोकिएको छ र स्थिति शान्त छ”, तालिवान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले एएफपीलाई भन्नुभयो । पाकिस्तान सरकारले सोमबार बिहान अफगानिस्तान खोस्त र पाक्तिका प्रान्तको सीमा क्षेत्रमा आक्रमण गरेको थियो । 

     इस्लामाबादले आफ्नो भूमिमा भएको आक्रमणको जिम्मेवार लडाकुलाई हमला गरेको बताए पनि तालिवान सरकारले आक्रमणमा परी ज्यान गुमाउनेमा महिला र बालिबालिका गरी आठ सर्वसाधारण रहेको बताएको छ । 

     अफगानिस्तानको रक्षा मन्त्रालयका अनुसार यहाँको सीमावर्ती सेनाले भारी हतियारसहित सिमानामा रहेको पाकिस्तानी सैन्य चौकीहरूलाई निशाना बनाएर पाकिस्तानी हमलाको जवाफ दिएको थियो । 

     पाकिस्तानी सीमावर्ती जिल्ला कुर्रमका एक वरिष्ठ प्रहरी अधिकारीका अनुसार अफगान सैनिकहरूले उक्त क्षेत्रमा मोर्टार प्रहार गरेका थियो । “झडपमा तीन सैनिक चौकी र सर्वसाधारणका पाँच घरमा आंशिक क्षति पुगेको छ, चार सुरक्षाकर्मीसहित नौ जना घाइते भएका छन्, सीमामा हाल मौनता छाएको छ”, नाम नखुलाउन आग्रह गर्दै एक अधिकारीले भन्नुभयो । 

     सन् २०२१ मा अफगानस्तानमा तालिवान सरकारले सत्ता कब्जा गरेपछि दुई देशबीच सीमा तनाव बढ्दै गएको हो । इस्लामाबादले काबुलको तालिबान सरकारले लडाकूहरूलाई शरण दिएको र उनीहरूलाई पाकिस्तानी सरकारमा हमला गर्न अनुमति दिएको आरोप लगाएको छ । काबुलले भने आरोप अस्वीकार गर्दै आइरहेको छ । 

     विवादित सीमामा चेकपोष्ट निर्माणलाई लिएर बारम्बार झडपहरू भइरहेका छन् भने अध्यागमन मतभेदका कारण व्यापारिक नाकाहरु बन्द रहेका छन् ।


    तेस्रो आँखा