काठमाडौं । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई मदिरा घोटाला प्रकरणमा पक्रउ गरिएको छ । हिजो राती केजरीवाललाई भारतीय प्रवर्तन निर्देशनालय (ईडी) ले पक्राउ गरेको हो।
मदिरा घोटाला प्रकरणमा करिब दुई घण्टाको सोधपुछपछि मात्रै केजरीवाललाई पक्राउ गरिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
केजरीवाल पक्राउ परेपछि यसका विरुद्ध आमआदमी पार्टी त्यहाँको सर्वोच्च अदालत पुगेको छ। लोकसभा चुनावअघि दिल्लीका मुख्यमन्त्री केजरीवाल पक्राउ पर्नुलाई राजनीतिक हिसाबले अर्थपूर्ण मानिएको छ। केजरीवाललाई पक्राउ गरेपछि उनको निवास बाहिर नेता-कार्यकर्ताले नाराबाजी गरेका थिए। उनलाई मदिरा घोटाला प्रकरणमा करिब १०० करोड भारतीय रुपैयाँ बराबरको भ्रष्टाचार भएको आरोप लगाइएको छ ।
भारतमा यसै वर्ष बहालवाला मुख्यमन्त्रीलाई पक्राउ गरिएको यो दोस्रोपटक हो। यसअघि झारखण्डका मुख्यमन्त्री हेमन्त सोरेनलाई पक्राउ गरिएको थियो।
