• ट्रेण्डिङ्ग :
कर्णालीमा नयाँ सरकारका लागि आह्वान

कर्णालीमा नयाँ सरकारका लागि आह्वान


  • 2.4K
    SHARES
    • चैत्र २१, २०८० बुधबार
    • २ बर्षs अघि
    • 3.8K Views

    कर्णालीमा नयाँ सरकारका लागि आह्वान

    काँक्रेविहार (सुर्खेत), २१ चैत : कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले नयाँ सरकार गठनका लागि दाबी पेस गर्न दलहरूलाई आह्वान गर्नुभएको छ । उहाँले आज विज्ञप्ति जारी गर्दै दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार बनाउनका लागि दलहरूलाई आह्वान गर्नुभएको हो । 

    images

    कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले आज आफ्नो पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख परियारले नयाँ सरकार गठनका लागि दलहरूलाई आह्वान गर्नुभएको हो । नयाँ सरकार गठनका लागि दाबी पेस गर्ने समय यही चैत २७ गते दिउँसो ५ः५० बजेसम्मको दिइएको छ ।

    यसअघि मुख्यमन्त्री शर्माले प्रदेशसभालाई सम्बोन्धन गर्दै पदबाट राजीनामा घोषणा गरी प्रदेश प्रमुख परियारसमक्ष राजीनामा पेस गर्नुभएको थियो । सत्ता समीकरण फेरिएसँगै कांग्रेसले गत फागुन २२ गते कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।


    तेस्रो आँखा