• ट्रेण्डिङ्ग :
बाली प्रवर्द्धन गर्न जुम्लामा कृषि कचहरी

बाली प्रवर्द्धन गर्न जुम्लामा कृषि कचहरी


  • 2.5K
    SHARES
    • चैत्र २२, २०८० बिहीबार
    • २ बर्षs अघि
    • 3.9K Views

    बाली प्रवर्द्धन गर्न जुम्लामा कृषि कचहरी

    जुम्ला, २२ चैत/स्थानीय बाली विकासका निम्ति जुम्लामा बुधबार कृषि कचहरी भएको छ । सदरमुकाम खलङ्गा बजारमा भएको बृहत् कृषि कचहरी गैरसरकारी संस्था कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक)ले आयोजना गरेको हो । 

    images

    किर्डाकका कार्यकारी निर्देशक गोविन्द शाहीले  भन्नुभयो, “कृषिका विषयमा सङ्घीय, प्रदेश र स्थानीय तहमा के कस्ता नीति बनेका छन् यसको कसरी कार्यन्वयन भएको छ । आगामी दिनमा के कस्तो नीति बनाउनुपर्छ भन्ने विषयमा कचहरीमा बृहत् छलफल भएको छ ।” सबै तहका सरकारका लागि कृषिसम्बन्धी नीति निर्माणमा कचहरीबाट योगदान पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । 

    सरकारले आउँदो आर्थिक वर्षको बजेटमा कर्णालीको कृषिका निम्ति पर्याप्त बटेज विनियोजना गर्दै दीर्घकालीन  कृषि योजना सार्वजनिक गर्नुपर्नेमा सहभागीले जोड दिएका थिए । 


    तेस्रो आँखा