• ट्रेण्डिङ्ग :
 प्रदेश १ र बागमतीका पहाडी क्षेत्रमा वर्षाको सम्भावना

 प्रदेश १ र बागमतीका पहाडी क्षेत्रमा वर्षाको सम्भावना


  • 6.3K
    SHARES
    • माघ १४, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 9.7K Views

     प्रदेश १ र बागमतीका पहाडी क्षेत्रमा वर्षाको सम्भावना

    काठमाडौं, १४ माघ । देशमा पश्चिमी  न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । बिहान पहाडी भूभागमा आंशिक बदली रही तराईका केही क्षेत्रमा हुस्सु/कुहिरो लागेको छ ।

    images

    दिउँसो प्रदेश १ र बागमतीका पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । तिनै क्षेत्रको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना पनि छ ।

    शनिबार प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ ।  

    आइतबार राति प्रदेश १, बागमती, गण्डकी र लुम्बिनीका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ ।  

  • सम्बन्धित विषय:

  • # माैसम

  • तेस्रो आँखा