• ट्रेण्डिङ्ग :
मोदीको रोड शोमा दुर्घटना, चारजन घाइते 

मोदीको रोड शोमा दुर्घटना, चारजन घाइते 


  • 4.6K
    SHARES
    • चैत्र २७, २०८० मंगलबार
    • २ बर्षs अघि
    • 7.0K Views

    मोदीको रोड शोमा दुर्घटना, चारजन घाइते 

    जवलपुर । मध्यप्रदेश (भारत)को जबलपुरमा आइतबार साँझ प्रधानमन्त्री नरेन्द्र मोदीको रोड शोका क्रममा उहाँलाई स्वागत गर्न सडक छेउमा राखिएको स्टेजमा उभिएका केही व्यक्तिहरू स्टेजबाट खसेका छन् । जसमा चारजना घाइते भएका छन् र उनीहरुलाई स्थानिय निजी अस्पतालमा भर्ना गरिएको छ । मध्यप्रदेश राज्यका सार्वजनिक निर्माण मन्त्री तथा स्थानीय विधायक राकेश सिंहले सामाजिक सञ्जाल एक्स मार्फत सो जानकारी दिएका हुन् ।

    images

     जबलपुरमा भएको रोड शोका क्रममा प्रधानमन्त्री मोदीलाई हेर्न जम्मा भएका मानिसहरूको भीडका कारण स्टेजमा भीडभाडको स्थिति सिर्जना भएकाले केही व्यक्ति मञ्चबाट खसेको उनले पोस्ट गरेका छन् । पोस्टमा मन्त्री सिंहले रोड शो पछि घटनाका बारेमा प्रधानमन्त्री मोदीको संवेदनशीलता आँफुले महसुस गरेको उल्लेख गरेका छन् । मन्त्री लेख्छन - उहाँले मलाई भन्नुभयो 'तुरुन्तै गएर हेर, कसैलाई चोट लागेको त छैन ?' यसो भन्दै गर्दा उहाँको मनमा परिवारका सदस्यहरू अर्थात् देशवासीहरूप्रति देखिएका भावनाहरू परिवारकै प्रमुखका जस्ता थिए। सिंहले जबलपुरको भण्डारी अस्पतालमा गएर सबैको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको बताए । लगभग सबैजना स्वस्थ छन्। चार जना घाइते भएका छन् । बाँकी सबैलाई प्राथमिक उपचारपछि घर पठाइएको छ । प्रधानमन्त्री मोदीले सडक शोमा घाइते भएकाहरुको अवस्थाबारे जानकारी लिन दुई पटक फोन गरेको र घाइतेहरुको उपचारका लागि सबै सुविधा उपलब्ध गराउन निर्देशन दिएको उनले बताए ।


    तेस्रो आँखा