काठमाडौं, १४ माघ । एमालेका नेता गोकुल बास्कोटाले सरकारले प्राङ्क भिडियो खिच्न नपाइने भन्दै जारी गरेको निर्देशनप्रति असन्तुष्टि जनाएका छन् ।
बास्कोटाले आज सामाजिक सञ्जाल ट्वीटरमार्फत आफ्नो असंन्तुष्टि जनाएका हुन्। उनले आफू सरकारमा हुँदा अभिव्यक्ति तथा प्रेस स्वतन्त्रताबारे गरेको निर्णयको विरोध भएको तर वर्तमान सरकारले सोही प्रकारको निर्णय गर्दा पनि कुनै विरोध नभएको भन्दै असन्तुष्टि व्यक्त गरे ।
उनी लेख्छन् 'नितान्त ब्यक्तिगत फोटो भिडियो सम्बन्धीतको अनुमति बिना पोष्ट गर्न पाउनै पर्छ भनेर कहि पनि ढोल पिटेको सुनिएन त ?
आफू सरकारमा हुँदा अभिव्यत्ति तथा प्रेस स्वतन्त्रतासँग सम्बिधि धेरै विरोध भएको थियो । त्यसैलाई आधार मानेर उनले सरकाले गरेको निर्णयप्रति कसैले विरोध नगरेकोप्रति आशचार्य प्रकट गरेका हुन्।
उनी थप लेख्छन् 'ऊ बेलामा त कान टट्याउने उखरमाउलो झिकेका थिए त ! जे होस अभब्यक्ति र प्रेस स्वतन्त्रता पनि सत्ता बिशेषकै हुने रहेछ ।
नेता बास्कोटाले आदेश भन्दा कानुन नै राम्रो भएको बताउदै कानुन खोइ भन्दै प्रश्न समेत गरेका छन्। उनीले भने आदेश भन्दा कानुन नै राम्रो हो। तर कानुन खै ?

