सानफ्रान्सिस्को अमेरिका, गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, अमेरिका क्यालिफोर्निया राज्य च्याप्टर, वेष्ट रिजन कमिटि, नेपाल आदिवासी जनजाती महासंघ,क्यालिफोर्निया लगायत क्यालिफोर्नियाको सक्रिय संघ संस्थाहरुको संयुक्त आयोजनामा अप्रिल १४ मा हुने नेपाल डे परेडको तयारी तिव्र गतिमा भैरहेको छ । नेपाल डे अघि अप्रिल १२ र १३ मा भलिवल प्रतियोगिता समेत आयोजना गरिएको छ ।
सानफ्रान्सिस्को शहरमा यस अघि पनि नेपाल डे परेड आयोजना गरिएको थियो । अप्रिल ९ ,२०२२ मा आयोजना गरेको परेड मा ४००० भन्दा बढ़ीको सहभागी रहेको थियो । परेडमा नेपाली कला संस्कृति झल्कने झाँकी सहीत परेडको आयोजना गरिने एनआरएनए क्यालिफोर्निया च्याप्टर अध्यक्ष हरी ओझाले जानकारी दिए । अब प्रत्येक वर्ष नयाँवर्षको अबसर पारी क्यालिफोर्नियाको फरक फरक सिटीमा आयोजना गरीने कुरा अध्यक्ष ओझाले जानकारी दिए।
भलिवल प्रतियोगितामा प्रथम हुने समूहलाई १२ हजार, दोस्रो हुने समूहलाई ७ हजार, तेस्रो हुने समूहलाई ५ हजार र चौथो हुने समूहलाई २ हजार नगद सहीत पुरस्कारको व्यवस्था गरिएको कन्भेनर तथा जनजाती महासंघ,क्यालिफोर्नियाका अध्यक्ष प्रकाश लामाले जानकारी दिएका छन।
साथै आयोजकले सहभागि हुन चाहने टोलीलाई समुह दर्ता गर्न समेत आग्रह गरेका छन् । दर्ता शुल्क ५ सय राखिएको छ । परेडमा क्यालिफोर्नियाको संघसस्था हरु आफनो अफानो ब्यानरमा र उपस्थित सबै जना नेपाली पोशाक र नेपाली झण्डामा उपस्थिति हुने कुरा आयोजकले जानकारी गराएको छ । परेडको लागी लगभग सम्पूर्ण तैयारी सकीसकेको र यो परेडले नेपाली समुदाय र क्यालिफोर्निया राज्य सरकार संगको सम्बंधमा राम्रो घनिष्ठता बढने कुरा अध्यक्ष ओझाले "तेस्रो आँखाका" बिशेष प्रतिनिधि रोशन अधिकारी सँग बताउनु भयो ।
