तुलसीपुर ३० चैत/ तुलसीपुर उपमहानगरपालिकाले स्थापना दिवसको अवसर पारेर जेष्ठ नागरिकलाई लठ्ठी उपहार दिएको छ । पालिकाको ३२ औँ स्थापना दिवस पारेर ५० जना जेष्ठ नागरिकलाई लठ्ठी प्रदान गरेको छ । नगरप्रमुुख टीकाराम खड्काले ज्येष्ठ नागरिकहरुलाई लठ्ठी उपहार प्रदान गर्नुभएको हो । जेष्ठ नागरिकलाई हिड्डडेलल गर्न,आवतजावत गर्नका लागि सहज होस् भन्ने उद्देश्य राखेर लठ्ठी प्रदान गरिएको हो । त्यस्तै दिवसकै अवसरमा जेष्ठ नागरिकलाई स्वास्थ शिविरको समेत आयोजना गरिएको छ
जन स्वास्थ्य निरीक्षक विमल केसीका अनुसार शिविरमा हाड जोर्नी, सर्जन, आँखा, भिडियो एक्सरे, पाठेघरको जाँच गरिएको छ । शिविरमा तीन सय जना जेष्ठ नागरिकको स्वास्थ्य चेकजाँच गरिएको छ । शिविरमा मेट्रो अस्पतालका मेसु डा।प्रकाश साहु, स्त्रीरोग विशेषज्ञ सिर्जना हमाल, हाड जोर्नी रोग विशेषज्ञ डा।निवास शर्मा, जनरल फिजिसियन डा भूषण भण्डारी, आँखा रोग विशेषज्ञ निकिता केसीले स्वास्थ्य चेक जाँच गर्नुभएको छ । त्यस्तै शिविरमा जेष्ठ नागरिकलाई जेष्ठ नागरिक परिचय पत्र वितरण गरिएको छ ।
नगरप्रमुख टीकाराम खड्काले ज्येष्ठ नागरिकको स्वास्थ्य उपचारमा पालिकाकोतर्फबाट सदैव सहयोग साथ रहने बताउनुभयो । उहाँले ज्येष्ठ नागरिकहरुलाई एम्बुलेन्स सेवा निशुल्क गरिएको बताउनुभयो । उहाँले आगामी वर्षहरुमा ज्येष्ठ नागरिकलाई थप सेवा बढाउँदै लैजाने बताउनुभयो । नगरप्रमुख टीकाराम खड्काले मेट्रो अस्पतालमा ज्येष्ठ नागरिक उपचार विशेषज्ञ सेवा समेत सञ्चालन गरिने बताउनुभयो । कार्यक्रममा उपप्रमुख स्यानी चौधरीले ज्येष्ठ नागरिकको हेरचाहमा घरपरिवारले विशेष ख्याल गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा सुशासन समितिका संयोजक एवम वडा ८का वडाध्यक्ष धर्मराज वली, स्वास्थ्य जनप्रवर्धन शाखाका प्रमुख ओमप्रकाश न्यौपानेले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन स्वास्थ्य शाखाका विष्णु गिरीले गर्नुभएको थियो ।
