काठमाडौं, १४ माघ । काठमाडाैंमा सार्वजनिक सवारीसाधनमा लगाइएकाे जोरबिजोर प्रणाली हटेको छ । शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी जोरबिजोर प्रणाली हटाइएको हो।
सार्वजनिक यातायातका सवारीसाधनमा जोरबिजोर हटाइए पनि निजी सवारीसाधन र ट्याक्सीमा भने जोरबिजोर प्रणाली कायमै राखिएको छ । जिल्ला अधिकारी (सीडीओ) गोविन्दप्रसाद रिजालले नयाँ आदेश जारी गर्दै सवारीसाधनमा लगाइएकाे जाेरबिजाेर प्रणाली हटाइएकाे जानकारी दिएका हुन्।
जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख कोभिड महामारी नियन्त्रण र रोकथामका लागि भन्दै स्मार्ट लकडाउन सम्बन्धी कार्यविधिअनुसार प्रशासनले नयाँ आदेश जारी गरेको छ । विश्वविद्यालय, विद्यालयमा भौतिक उपस्थितिमा पठनपाठन नगर्ने आदेशलाई माघ मसान्तसम्म लम्ब्याइएको छ ।





