• ट्रेण्डिङ्ग :
इजरायलमाथि इरानको ड्रोन आक्रमण

इजरायलमाथि इरानको ड्रोन आक्रमण


  • 2.3K
    SHARES
    • बैशाख २, २०८१ आइतबार
    • २ बर्षs अघि
    • 3.6K Views

    इजरायलमाथि इरानको ड्रोन आक्रमण

    काठमाडौं, २ वैशाख । इरानको सेनाले इजरायलमा ड्रोन र मिसाइल आक्रमण सुरु गरेको छ । सेनाले शनिबार राति यस आक्रमणको जानकारी दिएको हो । मिडिया रिपोर्टका अनुसार अमेरिकी सेनाले केही इरानी ड्रोन खसालेको इजरायली सेनाले बताएको छ ।

    images

    इजरायली च्यानल १२ ले इरानले ड्रोन आक्रमण गरेको जनाएको छ । इरानले प्रहार गरेका केही ड्रोनहरू सिरिया र जोर्डनमा खसालिएको बताइएको छ ।

    यसैबीच संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनी गुट्रेसले इरानले इजरायलमाथि गरेको आक्रमणको कडा निन्दा गर्नुभएको छ ।


    तेस्रो आँखा