• ट्रेण्डिङ्ग :
मनकामना केबलकार शुक्रबार बन्द हुने

मनकामना केबलकार शुक्रबार बन्द हुने


  • 4.4K
    SHARES
    • बैशाख ६, २०८१ बिहीबार
    • २ बर्षs अघि
    • 6.7K Views

    मनकामना केबलकार शुक्रबार बन्द हुने
    चितवन, ६ वैशाख । मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द हुने भएको छ ।
     
    केबलकार टावरमा सामान्य मर्मत गर्नुपर्ने भएकाले यही वैशाख ७ गते शुक्रबारका दिन केबलकारको सेवा बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिले जनाएको छ ।
     
    सेवा शनिबारदेखि नियमित सञ्चालनमा आउने प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिनुभयो ।
     
    चितवनको इच्छाकामना गाउँपालिका–४ कुरिनटारबाट गोरखाको सहिदलखन गाउँपालिका–३ स्थित प्रसिद्ध धार्मिकस्थल मनकामनामाइको मन्दिर जाने भक्तजनको सहजताका लागि विसं २०५५ मा उक्त केबलकार सञ्चालनमा ल्याइएको हो । 


    तेस्रो आँखा