• ट्रेण्डिङ्ग :
नियुक्ति अवैध भएको भन्दै वायुसेवा निगमका महाप्रबन्धकसहित तीन सदस्यलाई वर्खास्तिको माग

नियुक्ति अवैध भएको भन्दै वायुसेवा निगमका महाप्रबन्धकसहित तीन सदस्यलाई वर्खास्तिको माग


  • 7.8K
    SHARES
    • माघ १७, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 12.0K Views

    नियुक्ति अवैध भएको  भन्दै   वायुसेवा निगमका महाप्रबन्धकसहित तीन सदस्यलाई वर्खास्तिको माग

    काठमाडाैं,१७ माघ । नेपाल वायुसेवा निगमका कर्मचारीहरूले महाप्रबन्धक डिमप्रसाद पौडेलसहित तीन सञ्चालक सदस्यलाई वर्खास्तीको माग गरेका छन् । सञ्चालक समितिका सदस्यहरू मन्त्रिपरिषदबाट नियुक्त हुनुपर्नेमा मन्त्रीस्तरीय निर्णयबाट भएका कारण पनि उनीहरूको नियुक्ति अवैध भएको कर्मचारीहरूको दाबी छ ।

    images

    नेपाल राष्ट्रिय कर्मचारी संगठन नेपाल वायुसेवा निगम, नेपाल वायुसेवा निगम कर्मचारी संघ र नेपाल वायुसेवा निगम कर्मचारी युनियनले आइतबार संयुक्त रूपमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत मन्त्री प्रेमकुमार आलेलाई ज्ञापनपत्र बुझाउँदै उनीहरूको बर्खास्तिको माग गरेका हुन् ।

    १३ पुस ०७८ देखि कतारको दोहामा ग्राउन्डेड भएको निगमका जहाज तत्काल बनाउनुपर्ने निर्णय नगरी निगममा खलल पुग्ने गरी वक्तव्य जारी गरिएको भन्दै पौडलसहित सञ्चालक समिति सदस्य फुर्वा ग्याल्जेन शेर्पा र ईश्वरी पौडेलको वर्खास्तिको माग कर्मचारीले गरेका हुन् ।

    तीनै जनाले निगमलाई निजीकरण गर्न लागि परेको आरोप लगाइएको छ । सरकारले आन्तरिक उडानका लागि अन्य जहाज नआएसम्मका लागि चिनियाँ जहाज सञ्चालनको तयारी गरेको छ ।

  • सम्बन्धित विषय:

  • # वायुसेवा निगम

  • तेस्रो आँखा
    लेखकबाट थप