• ट्रेण्डिङ्ग :
भारतमा काेराेना संक्रमितकाे संख्या घट्दो तर मृत्युदर बढ्दो

भारतमा काेराेना संक्रमितकाे संख्या घट्दो तर मृत्युदर बढ्दो


  • 7.0K
    SHARES
    • माघ १७, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 10.8K Views

    भारतमा काेराेना संक्रमितकाे संख्या घट्दो तर मृत्युदर बढ्दो

    एजेन्सी, १७ माघ । पछिल्लाे समय भारतमा कोराेना संक्रमितको संख्या घट्दै गएकाे छ। संक्रमण घटे पनि मृत्यु हुनेहरुको संख्या भने बढ्दो छ। पछिल्लो २४ घन्टामा २ लाख जनामा कोराेना संक्रमण देखिएको छ। यो अघिल्लो दिनको तुलनमा करिब ३४ हजारले कम हो। 

    images

    त्यस्तै, पछिल्लो २४ घन्टामा कोराेनाका कारण ९५९ जनाको मृत्यु भएको छ। यसअघि आइतबार ८३९ जनाको मृत्यु भएको थियो। सोमबारको तथ्यांकसँगै भारतमा कोराेना संक्रमितको संख्या ४ करोड १२ लाख नाघेको छ भने कूल मृत्यु हुनेको संख्या ४ लाख ९५ हजार पुगेको छ। 

    कोराेना संक्रमण बढेसँगै सरकारले खोप अभियानलाई तीव्र पारेको छ। भारतमा ७५ प्रतिशत वयस्कले कोराेनाको पूर्ण खोप लगाएका छन्। ठूलो जनसंख्याले पूर्ण खोप लगाएको भन्दै यसअघि प्रधानमन्त्री नरेन्द्र मोदीले नागरिकहरुलाई बधाई दिएका छन्।

  • सम्बन्धित विषय:

  • # भारत
  • # काेराेना भाइरस

  • तेस्रो आँखा