• ट्रेण्डिङ्ग :
माडी क्रिकेट कप माघ २२ बाट सुरु, यी टिमको रहने छ सहभागिता

माडी क्रिकेट कप माघ २२ बाट सुरु, यी टिमको रहने छ सहभागिता


  • 9.9K
    SHARES
    • माघ १७, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 15.3K Views

    माडी क्रिकेट कप माघ २२ बाट सुरु, यी टिमको रहने छ सहभागिता

    काठमाडौं, १७ माघ । बसन्तपुर युथ क्लब चितवनले आयोजना गर्ने माडी क्रिकेट कप यही माघ २२ गते बाट सुरु हुने भएको छ। 
    खेल चितवनको बसन्तपुर खुल्ला चौरमा माघ २२ गते देखि २९ गते सम्म हुने आयोजकले जनाएको छ। आयोजकका अनुसार खेल नकआउट फम्र्याटमा खेलाइने छ।

    images

    खेलमा विरगंजको कलैया क्रिकेट क्लब, रुपन्देहीको लुम्बिनी नव युवा क्लब, गैंडाकोटको होटल देव प्यालेस क्रिकेट क्लब, चितवनको सेन्ट्रल कलेज भरतपुर क्रिकेट क्लब, टाँडीको बैरिया क्रिकेट क्लब, नवलपरासीको नवलपरासी क्रिकेट क्लब, काठमाडौंको मिक्समान्डु क्रिकेट क्लब र माडीको माडी-११ गरि जम्मा आठ टिमको सहभागिता रहने छ।

    प्रतियोगिताको विजेताले दुई लाख र उपविजेताले एक लाख नगद पुरस्कार हात पार्ने छन् । 


    तेस्रो आँखा