• ट्रेण्डिङ्ग :
एसएस फाउन्डेसनद्वारा डोटीको झिमे मालिका माविलाई आठ सय झोला सहयोग

एसएस फाउन्डेसनद्वारा डोटीको झिमे मालिका माविलाई आठ सय झोला सहयोग


  • 5.5K
    SHARES
    • माघ १७, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 8.5K Views

    एसएस फाउन्डेसनद्वारा डोटीको झिमे मालिका माविलाई आठ सय झोला सहयोग

    काठमाडौं, १७ माघ । एसएस फाउन्डेसनले डोटीको झिमे मालिका माध्यामिक विद्यालयलाई आठ सय वटा स्कुल झोला सहयोग गरेको छ। डोटीको केआई सिंह गाउँपालिका-४ मा अवस्थित विद्यालयलाई फाउन्डेसनले झोला सहयोग गरेको हो।

    images

    राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष पशुपति शमशेर जबराले राजनीतिज्ञ रणबहादुर बलायरलाई सहयोगको झोला हस्तान्तरण गर्नु भएको थियो। एसएस फाउन्डेसनका अध्यक्ष मदन दास श्रेष्ठ को अगुवाइमा देशका विभिन्न स्थानमा सहयोग उपलब्ध हुँदै आएको छ।

    फाउन्डेसनले कोरोना भाइरसको पहिलो र दोस्रो लहरमा देशका विभिन्न स्थानमा स्वास्थ्य सामग्री सहयोग गरेको थियो। फाउन्डेसनका अध्यक्ष श्रेष्ठ ले आगामी दिनमा पनि पनि देश भरी  एसएस फाउन्डेसनले आपतविपतको बेला सहयोग गर्ने बताए । 

    272194845_469484714826115_7062007011862481331_n.jpg

    272163995_456453059367204_5507101066055775854_n.jpg


    तेस्रो आँखा