• ट्रेण्डिङ्ग :
वाग्मती प्रदेश सरकारले तीनवटा जिल्लामा रासायनिक मल कारखाना स्थापना गर्ने

वाग्मती प्रदेश सरकारले तीनवटा जिल्लामा रासायनिक मल कारखाना स्थापना गर्ने


  • 9.7K
    SHARES
    • माघ १८, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 14.9K Views

    वाग्मती प्रदेश सरकारले तीनवटा जिल्लामा रासायनिक मल कारखाना स्थापना गर्ने

    काठमाडाैं,१८ माघ । वाग्मती प्रदेश सरकारले प्रदेशका तीनवटा जिल्लामा रासायनिक मल कारखाना स्थापना गर्ने भएको छ । प्रदेश सरकारले मध्यमस्तरका ३ वटा मल उत्पादन कारखाना स्थापना गर्ने प्रक्रिया अगाडि बढाउने निर्णय सोमबार बसेको मन्त्रिपरिषदको बैठकबाट गरेको हो ।  प्रदेश सरकारले मल कारखाना स्थापना गर्न थाइल्याण्डको एक निजी कम्पनीसँग समन्वय र परामर्श अगाडि बढाउने समेत भएको छ ।

    images

    प्रदेश सरकारले हेटौंडा, चितवन र सिन्धुलीमा मध्यमस्तरको मल उत्पादन कारखाना स्थापना गर्न आवश्यक विद्युतका लागि नेपाल विद्युत प्राधिकरणसँग समन्वय गर्नेछ । थाइल्याण्डको एक निजी कम्पनीले मल कारखाना स्थापना गर्न लामो समयदेखि प्रदेश सरकारसँग छलफल गरिरहेको थियो । यस कम्पनीले विभिन्न स्थानमा जग्गा समेत हेरिरहेको छ ।

  • सम्बन्धित विषय:

  • # बाग्मती प्रदेश

  • तेस्रो आँखा
    लेखकबाट थप