काठमाडौं । बझाङ–१ ‘क’ मा भएको उपनिर्वाचनको मतगणनाका लागि सर्वदलीय बैठक बिहान ११ बजे बस्ने भएको छ। अहिले सबै मतपेटिहरू बझाङको सदमुकाम ल्याइ सकिएको छ । पछिल्लो पटक नेपाली सेनाको हेलिकोप्टरबाट दुर्गम साइपाल गाउँपालिकाका तीन स्थानका मतपेटिकाहरु सदरमुकाम ल्याइएको थियो । मतपेटिका ल्याइसकिएकाले आइतबार बिहान ११ बजेका लागि सर्वदलीय बैठक डाकिएको बझाङका प्रमुख जिल्ला अधिकारी प्रजिअ विश्वामित्र कुइँकेलले जानकारी दिए । सर्वदलीय बैठकपछि मात्र मतगणना सुरू हुनेछ । मतगणना बझाङ जिल्ला अदालत चैनपुरमा गरिने जनाइएको छ ।
