• ट्रेण्डिङ्ग :
बझाङ उपनिर्वाचनः मतगणना सुरु

बझाङ उपनिर्वाचनः मतगणना सुरु


  • 4.0K
    SHARES
    • बैशाख १६, २०८१ आइतबार
    • २ बर्षs अघि
    • 6.1K Views

    बझाङ उपनिर्वाचनः मतगणना सुरु

    बझाङ १६ वैशाख । बझाङ प्रदेशसभा १ मा भएको उपनिर्वाचनको मतगणना सुरु भएको छ । मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेका अनुसार सर्वदलीय बैठकले आचारसंहितामा तयार गरेसँगै २ः२० बजेदेखि मतगणना सुरु भएको हो ।

    images

    मतगणना दुई ठाउँमा गर्ने तयारी भएको उहाँले बताउनुभयो । शनिबार भएको उपनिर्वाचनमा यहाँ ४९ दशमलव १२ प्रतिशत अर्थात् ३० हजार ३२८ मत खसेको थियो । 

    सुरुवाती समयमा छविसपाथिभेरा गाउँपालिका १ र २ को मतगणना भइरहेको छ । यहाँ प्रदेशसभा सदस्यका लागि विभिन्न राजनीतिक दलका ११ उम्मेदवार प्रतिस्पर्धामा छन् । 


    तेस्रो आँखा