• ट्रेण्डिङ्ग :
बझाङ उपनिर्वाचन अपडेट: चार सय मत गणना

बझाङ उपनिर्वाचन अपडेट: चार सय मत गणना


  • 3.5K
    SHARES
    • बैशाख १६, २०८१ आइतबार
    • २ बर्षs अघि
    • 5.4K Views

    बझाङ उपनिर्वाचन अपडेट: चार सय मत गणना

    बझाङ, १६ वैशाख । बझाङ प्रदेशसभा १ मा प्रदेशसभा सदस्यका लागि भएको मतदानको मतगणना सुरु भएको छ ।
     
    छविसपाथिभेरा गाउँपालिका–२ सरस्वती मावि मतदान केन्द्रको चार सय मतगणनामा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का दमनबहादुर भण्डारीले एक सय ५७ मत प्राप्त गर्नुभएको छ भने नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले एक सय ३२ मत प्राप्त गर्नुभएको छ । 

    images

    नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का दिलबहादुर सिंहले ५१ र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का जनकबहादुर बुढाले ४७ र राष्ट्रिय प्रजातन्त्र पार्टीका किशोर खड्काले एक मत प्राप्त गर्नुभएको छ । 


    तेस्रो आँखा