• ट्रेण्डिङ्ग :
कांग्रेसको कार्यसम्पादन समिति बैठकमा भातृ संस्थाको महाधिवेशनको एजेन्डा

कांग्रेसको कार्यसम्पादन समिति बैठकमा भातृ संस्थाको महाधिवेशनको एजेन्डा


  • 9.6K
    SHARES
    • माघ १८, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 14.8K Views

    कांग्रेसको कार्यसम्पादन समिति बैठकमा भातृ संस्थाको महाधिवेशनको एजेन्डा

    काठमाडौं, १८ माघ । नेपाली कांग्रेस कार्यसम्पादन समितिको बैठकमा भातृ संस्थाहरूको महाधिवेशनको एजेन्डाले स्थान पाउने भएको छ। लामो समयसम्म भातृ तथा सुभेच्छुक संस्थाको महाधिवेशन नभइरहेको सन्दर्भमा कार्यसम्पादन समिति बैठकमा उक्त एजेण्डाले ठाउँ पाउने भएको हो।  

    images

    नेविसंघ, तरूण दललगायत ८ भातृ संस्थाका महाधिवेशनको एजेन्डामा छलफल हुने नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले जानकारी दिए। भातृ संस्थाहरूको महाधिवेशनलगायत एजेन्डामा छलफल गर्न पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठक यसै हप्ता बस्ने गुरुङले तेस्रो आँखालाई बताए।

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले हालै ३७ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठन गरेका छन्। ‘कार्यसम्पादन समितिको बैठक यही साताभित्र बस्ने तयारी छ। त्यसको एजेन्डा भातृ संस्थाका महाधिवेशनबारे हुन्छ,’ गुरुङले भने, ‘भातृ संस्थाका विधान समेत अध्यान भैरहेको छ।’

    भातृ संस्थाका प्रमुखहरू कांग्रेस केन्द्रीय सदस्य भइसकेका कारण अहिले कांग्रेसका ५ भातृ संस्था प्रमुखबिहीन छ। अहिलेकै कार्यसमितिबाट भातृ संस्थामा महाधिवेशन गर्ने कि नयाँ तदर्थ समिति बनाउने भन्ने छलफलको विषय बनेको नेताहरुले बताएका छन्।

    नेविसंघका काठमाडौं उपत्यकाभित्रका कार्यकर्ताले सोमबार सानेपा पुगेर भातृ संस्थाको महाधिवेशन सुनिश्चित गर्न माग गर्दै ज्ञापन पत्र पनि बुझाएका थिए। अन्य भातृ संगठनका नेता कार्यकर्ताहरुले पनि समयमा अधिवेशन नगरिएको भन्दै संगठनको नेतृत्व र पार्टीका नेताहरु प्रति असन्तुष्टि जनाउदै आएका छन्।