• ट्रेण्डिङ्ग :
बझाङ उपनिर्वाचन : कांग्रेस उम्मेदवार सिंहको अग्रता कायमै

बझाङ उपनिर्वाचन : कांग्रेस उम्मेदवार सिंहको अग्रता कायमै


  • 4.7K
    SHARES
    • बैशाख १७, २०८१ सोमबार
    • २ बर्षs अघि
    • 7.2K Views

    बझाङ उपनिर्वाचन : कांग्रेस उम्मेदवार सिंहको अग्रता कायमै

    बझाङ, १७ वैशाख / बझाङ क्षेत्र नं १ को प्रदेशसभा (क) मा भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहको अग्रता कायमै रहेको छ । 

    images

    प्राप्त परिणामअनुसार कांग्रेसका उम्मेदवार सिंहले आठ हजार ६ सय २६ मत प्राप्त गर्नुभएको छ । एमालेका  दमनबहादुर भण्डारीले आठ हजार तीन सय ९६, नेकपा (माओवादी केन्द्र) का जनकबहादुर बुढाले तीन हजार एक सय ५३ र  नेकपा (एकीकृत समाजवादी) का दिलबहादुर सिंहले दुई हजार दुई सय ८७ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले जानकारी दिनुभयो ।

    हालसम्म जयपृथ्वी नगरपालिका, खप्तडछान्ना गाउँपालिका, छविसपाथिभेरा गाउँपालिका, सुर्मा गाउँपालिका, थलारा–९ र मस्टा गाउँपालिका–१ र २ को मत गणना सम्पन्न भएको छ । 


    तेस्रो आँखा