• ट्रेण्डिङ्ग :
झिनो मतले कांग्रेसको अग्रता, एमाले ८३ मतान्तरले पछाडी

झिनो मतले कांग्रेसको अग्रता, एमाले ८३ मतान्तरले पछाडी


  • 2.8K
    SHARES
    • बैशाख १७, २०८१ सोमबार
    • २ बर्षs अघि
    • 4.2K Views

    झिनो मतले कांग्रेसको अग्रता, एमाले ८३ मतान्तरले पछाडी

    बझाङ । बझाङमा भएको प्रदेश सभाको बझाङ–१ (क) उपनिर्वाचनको मतगणना जारी छ। छबिसपाथिभेरा, सुर्मा, खप्तडछान्ना, मस्टा, थलार -९ र जयपृथ्वी नगरपालिकाको मतगणना सम्पन्न हुँदा ८३ मतान्तरले मात्र कांग्रेसले अग्रता कायम गरेको छ। बझाङमा ३ पालिका र एक वडासम्म अग्रता कायम राखेको नेकपा एमालेलाई नेपाली कांग्रेसले पछाडि पारेको छ। 

    images

    पछिल्लो गणना अनुसार बझाङमा नेपाली कांग्रेसले ९ हजार १६६, नेकपा एमालेले ९ हजार ८४, नेकपा माओवादी केन्द्रले ३ हजार ५३६, नेकपा एकीकृत समाजवादीले २ हजार २३५ मत पाउन सफल छन्।

    हालसम्म २४ हजार ४५८ मत गणना सदर भएको छ। यहाँ २६ हजार १९६ मत खसेको थियो। निर्वाचन अधिकृतको कार्यालयका अनुसार साइपाल र तल्कोट गाउँपालिका मत गणना हुन बाँकी रहेको छ।


    तेस्रो आँखा