अस्टिन । अमेरिकाको टेक्सास राज्यको अस्ट्रिम सिटीमा रहने नेपालीहरूको संस्था ग्रेटर अस्टिन नेपाली सोसाइटी (ग्यान्स) ज्ञानको पाँचौं अधिवेशन आइतबार सम्पन्न भएको छ। पाँचौं अधिवेशनमा उपस्थित समाजका लब्ध प्रतिष्ठित व्यक्तित्वहरूले सामाजिक एकता र परस्पर सहयोगात्मक भावनालाई जोगाइ राख्न ग्रेटर अस्टिन नेपाली सोसाइटीको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभयो । सोसाइटीले निर्माण गरेको श्री पशुपतिनाथ मन्दिर परिसरमा भएको पाँचौं अधिवेशनमा ग्यान्सको सांगठानिक तथा आर्थिक प्रतिबदेन संस्थाका महासचिब बिदुर खतिवडाले प्रस्तुत गर्नुभएको थियो । यसैगरि पशुपतिनाथ मन्दिरको आर्थिक प्रतिबेदन ग्यान्सका अध्यक्ष भोजराज भट्ट तथा सांगठनिक प्रतिबेदन मन्दिर सन्चालक समितिका सहसंयोजक देबराज न्यौपानेले प्रस्तुत गर्नु भएको थियो । ग्यान्सको पाँचौं अधिबेशनको उद्घाटन कार्यक्रममा समुदायको लागि महत्वपूर्ण योगदान दिने शेष कोईराला र बिदुर खतिवाडालाई ग्यान्स प्रेसिडिसियल अवार्डबाट सम्मानित गरिएको थियो भने अन्य २७ जनालाई टोकन अफ लभ प्रदान गरिएको थियो । पाँचौं अधिवेशनका अवसरमा गत एप्रिल २१ गते सर्वसम्मत निर्वाचित भएका ग्यान्सका पदाधिकारीहरूको सपथ ग्रहण गराइएको थियो ।
बिदुर खतीवडाको अध्यक्षतामा बनेको ग्यान्सको नयाँ कार्य समितिको उपाध्यक्षहरू निरोज मानन्धर र अशोक शाही, महासचिव विनोद दाहाल, सचिव प्रदिप चौलागाई र कोषाध्यक्ष धिरेन्द्र यादवले सपथग्रहण गर्नुभएको थियो ।
सपथग्रहण गर्ने संस्थाका सदस्यहरुमा आनन्द यादव, विर्खबहादुर खत्री, धर्मेन्द्र यादव, रेशम बहादुर गुरुङ, सुर्य कार्की, सपना रावत, सुजनश्री पोख्रेल, सुरज अधिकारी, इन्दिरा दाहाल, नारायण रिजाल, रमेश खड्का, तिलक भण्डारी, मिथिलेश यादव, टिकामाया गुरुङ र जगदिश् पाठक रहनुभएको थियो । निर्वाचन आयोगका अध्यक्ष गेहेन्द्र केसीले वहाँहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको थियो । अधिवेशनका अवसरमा ग्यान्सको पदाधिकारीसँगै श्री पशुपतिनाथ मन्दिर सञ्चालक समिति पनि निर्माण गरिएको जनाइएको छ।
