• ट्रेण्डिङ्ग :
पश्चिम नवलपरासीमा चट्याङ लागेर महिलाको मृत्यु

पश्चिम नवलपरासीमा चट्याङ लागेर महिलाको मृत्यु


  • 2.4K
    SHARES
    • बैशाख २६, २०८१ बुधबार
    • २ बर्षs अघि
    • 3.6K Views

    पश्चिम नवलपरासीमा चट्याङ लागेर महिलाको मृत्यु

    बर्दघाट , २६ वैशाख/ पश्चिम नवलपरासीमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको सुस्ता गाउँपालिका–५ स्थित तरैनी बस्ने २९ वर्षीय पुनम कोइरीको चट्याङ लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलाटारीले जनाएको छ ।

    images

    मङ्गलबार बिहान ११ बजे चलेको हुरीबतासको समयमा उनी बगैँचातिर गएको समयमा चट्याङ लागेको  प्रहरी निरीक्षक श्यामप्रकाश यादवले बताउनुभयो । गाउँभन्दा बाहिरको आँपको रुखमुनि उहाँको शव सोही दिन अपराह्न फेला परेको हो । उहाँका दुई छोरा र एक छोरी छन् । मृतकका श्रीमान् वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरबमा हुनुहुन्छ ।


    तेस्रो आँखा