• ट्रेण्डिङ्ग :
तुम्लिङटार विमानस्थलमा दुई सातापछि उडान

तुम्लिङटार विमानस्थलमा दुई सातापछि उडान


  • 3.3K
    SHARES
    • बैशाख २६, २०८१ बुधबार
    • २ बर्षs अघि
    • 5.1K Views

    तुम्लिङटार विमानस्थलमा दुई सातापछि उडान

    खाँदबारी (सङ्खुवासभा), २६ वैशाख । विमानस्थल वरपरको डाँडामा फैलिएको तुवालो हटेपछि हिमाली जिल्ला सङ्खुवासभाको तुम्लिङटार विमानस्थलमा दुई सातापछि आज उडान भएको छ । यही वैशाख १० पछि तुम्लिङटारको ‘भिजिविलिटी’ एक किलोमिटरमात्रै भएपछि उडान प्रभावित हुँदै आएको थियो ।

    images

    विमानस्थलमा उडानका लागि कम्तीमा पाँच किलोमिटर वरपरको डाँडा देखिनुपर्छ । विमानस्थल खुलेपछि बुद्धएयरको एटिआर ७२ विमानले १६ दिनपछि उडान भरेको हो । उडान भएसँगै सडक यातायातबाट जान नसकेका सङ्खुवासभा र भोजपुर जिल्लाका वृद्धवृद्धा र बिरामीलाई फाइदा पुगेको छ । 


    तेस्रो आँखा