• ट्रेण्डिङ्ग :
सयजना किसानलाई पशुपालन तालिम

सयजना किसानलाई पशुपालन तालिम


  • 3.7K
    SHARES
    • बैशाख २९, २०८१ शनिबार
    • २ बर्षs अघि
    • 5.7K Views

    सयजना किसानलाई पशुपालन तालिम

    तनहुँ, २९ वैशाख: व्यास नगरपालिका कार्यालयले नगर क्षेत्रका एक सय अगुवा कृषकलाई कृषि र पशुपालन तालिम प्रदान गरेको छ । 

    images

    गोवर्धन शर्मा स्मृति कोषको आयोजनामा शुक्रबारदेखि सुरु भएको दुईदिने तालिममा व्यास नगरपालिकाको वडा नम्बर ५, ७, ९, १० र ११ वडाका अगुवा कृषक सहभागी छन् । तालिममा भेटेरनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँका प्रमुख डा राजेशकुमार चौधरी, व्यास नगरपालिका कृषि तथा पशुपन्छी विभाग प्रमुख डा मनोज विश्वकर्मा र पशु चिकित्सक डा सञ्जय श्रेष्ठले बाख्रा, गाईभैँसी, पशु चौपायालगायत पशुपालनको बारेमा ख्याल गर्नुपर्ने पक्ष र अनुदानको बारेमा र व्यास नगरपालिका कृषि शाखा प्रमुख प्रतिभा बगाले, कृषि ज्ञान केन्द्र तनहुँका बाली संरक्षण अधिकृत किरण परियारले कृषि बालीमा ख्याल गर्नुपर्ने पक्ष, शत्रुजीव र मित्रुजीवको पहिचान र वन क्षेत्रको विकास र संरक्षणको बारेमा नारायण कोइरालाले सहजीकरण गर्नुभएको स्मृति कोषले जनाएको छ । पचास–पचास जनाको समूह बनाएर तालिम दिइएको हो । 

    व्यास नगरपालिका क्षेत्रका अगुवा कृषकलाई सङ्गठित गरी आफूहरुले सीप हस्तान्तरण गर्न तालिम दिएको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिनुभयो । व्यास नगरपालिका क्षेत्रलाई कृषि र पशुपालनमा आत्मनिर्भर बनाउन आफूहरु जुटेकोसमेत नगरप्रमुख न्यौपानेले बताउनुभयो । 

    करिब १८ वर्षदेखि कोषले प्राङ्गारिक खेती प्रवद्र्धनको लागि विभिन्न कृषक समूह र सहकारीलाई तालिम दिँदै आएको कोषका महासचिव रामचन्द्र पोखरेलले बताउनुभयो । 


    तेस्रो आँखा