• ट्रेण्डिङ्ग :
मन्त्री कार्कीद्वारा गुणस्तरीय सेवा प्रवाह गर्न टेलिकमलाई निर्देशन

मन्त्री कार्कीद्वारा गुणस्तरीय सेवा प्रवाह गर्न टेलिकमलाई निर्देशन


  • 4.8K
    SHARES
    • माघ २२, २०७८ शनिबार
    • ४ बर्षs अघि
    • 7.3K Views

    मन्त्री कार्कीद्वारा गुणस्तरीय सेवा प्रवाह गर्न टेलिकमलाई निर्देशन

    काठमाडौं, २२ माघ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जनमुखी, सरल, सर्वसुलभ र गुणस्तरीय सेवा प्रवाह गर्न नेपाल टेलिकमलाई निर्देशन दिएका छन् ।  

    images

    नेपाल टेलिकमको १८ औँ वार्षिकोत्सवका अवसरमा यहाँ आज आयोजित कार्यक्रममा उनले टेलिकमको सेवालाई आधुनिक र प्रविधिमैत्री बनाउँदै अझ प्रभावकारी ढंगले सहज रुपमा उपलब्ध गराउन निर्देशन दिएका हुन्।  

    सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्कीले जस्तोसुकै प्राकृतिक विपत्तिको समयमा पनि यो कम्पनीले दुर्गम क्षेत्रमासमेत सुलभ सेवा दिएको बताए। उनले भने 'सेवालाई अझै ग्राहकमुखी बनाउँदै लक्ष्य प्राप्त गर्नुपर्नेछ।' उनले सरकारले अघि सारेका नीतिनियम र कानूनको अवलम्बन गर्दै नेपाल टेलिकमले देशको आर्थिक, सामाजिक क्षेत्रमा पु¥याएको योगदानको प्रशंसा गरे।  

    मन्त्री कार्कीले टेलिकमलाई अझै अग्रणी र जिम्मेवार बनाउन अप्टिकल फाइवरको जतिसक्दो चाँडो विस्तार गर्नुपर्ने बताउँदै मुलुकका सबै स्थानीय तहमा जतिसक्दो चाँडो तीव्र गतिको इन्टरनेट सेवा पु¥याउनुपर्नेमा जोड दिए। उनले टेलिकमले आफ्ना सेवाहरुलाई समयसापेक्ष परिवर्तन गरी लैजानुपर्ने बताउँदै कम्पनीको समग्र विकास र विस्तारका लागि मन्त्रालयले सक्दो सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे।  

    आजभन्दा १८ वर्षअघि स्थापना भएको सो कम्पनीको ग्राहक आधार करिब चार लाख २२ हजार रहेकामा २०७८ साल मंसिर मसान्तसम्ममा दुई करोड २७ लाख नाघेको छ।  

    टेलिकमका निमित्त प्रबन्ध निर्देशक प्रतिभा वैद्यले हाल मुलुकको करिब ७५ प्रतिशत जनसंख्यामा टेलिकमको कुनै न कुनै सेवाको पहुँच पुगिसकेको जानकारी दिइन्। आर्थिक वर्ष २०७७/७८ मा कम्पनीको कूल आय रु ४२ अर्ब २१ करोड पुगेको छ।

    कम्पनीको खुद मुनाफा रु सात अर्ब १३ करोड भएको बताइएको छ। चालु आवको पुस मसान्तसम्म कम्पनीले रु २१ अर्ब ४३ करोड राजस्व प्राप्त गरेको छ। यो गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ५।७५ प्रतिशतले वृद्धि भएको कम्पनीले जनाएको छ। 


    तेस्रो आँखा