• ट्रेण्डिङ्ग :
फेवातालको जलकुम्भी हटाउने अभियान

फेवातालको जलकुम्भी हटाउने अभियान


  • 3.9K
    SHARES
    • बैशाख ३०, २०८१ आइतबार
    • २ बर्षs अघि
    • 6.0K Views

    फेवातालको जलकुम्भी हटाउने अभियान

    कास्की, ३० वैशाख : फेवातालमा बढ्दै गएको जलकुम्भी झारका कारण ताल कुरुप बन्न थालेपछि आजदेखि सरसफाइ अभियानको शुभारम्भ गरिएको छ । वातावरण संरक्षणका लागि महाअभियान कास्कीको आयोजनामा ‘वातावरण एवं सम्पदा संरक्षणमा नागरिक खबरदारी’ को नारासहित अभियान सुरु गरिएको हो । पोखरा महानगरपालिका–१८ खपौदी ढल्केबरबाट डुङ्गा तथा अन्य साधनको मद्दतमा ताललाई ढाकेको जलकुम्भी झार बाहिर निकाल्न सुरु गरिएको थियो । 

    images

     वातावरण संरक्षणका लागि महाअभियान कास्कीका संयोजक एवं नागरिक अभियन्ता रामबहादुर पौडेलले अभियान कम्तीमा दुई साता निरन्तर चल्ने बताउनुभयो । उहाँका अनुसार पहिलो दिनमा तालबाट १५ टिप्पर जलकुम्भी हटाइएको छ । नेपाली सेना, सशस्त्र प्रहरी, सफाइ अभियन्ता र स्थानीयवासी समेत गरेर तीन सयभन्दा बढीको सफाइ अभियानमा सहभागिता थियो ।

    अभियानको सशस्त्र प्रहरी गण मालेपाटन (कालिका गण) का प्रमुख एवं प्रहरी उपरीक्षक अरुण शर्माले शुभारम्भ गर्नुभएको थियो ।

     “विशेषगरी बर्खायाममा जलकुम्भीले ढाक्दा ताल कुरुप हुँदै आएको छ । यसपटक हामीले स्रोतबाट नै जलकुम्भी हटाउने गरी काम थालनी गरेका छौँ,” संयोजक पौडेलले भन्नुभयो । हरेक वर्ष चैतमा हुने जलकुम्भी हटाउने कार्यक्रम यस पटक विविध कारणले ढिला हुन गएको बताइन्छ । अभियानअन्तर्गत सोमबारदेखि दैनिक ४० जनाका दरले जलारी समुदायले ज्यालासहित जलकुम्भी सरसफाइ अभियानलाई निरन्तरता दिने पोखरा महानगरपालिका–६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराईले जानकारी दिनुभयो । 

     पोखरा महानगरपालिकाको सहयोगमा ‘एक जलारी घर एक रोजगारी’ कार्यक्रमअन्तर्गत अभियान सञ्चालन गरिएको हो । उनीहरुले दुई हप्तासम्म बिहान ८ देखि दिउँसो ३ बजेसम्म तालको सरसफाइ गर्नेछन्भने अन्यले समेत स्वयंसेवी रुपमा सहभागिता जनाउन सक्ने बताइन्छ ।


    तेस्रो आँखा