• ट्रेण्डिङ्ग :
भाग पुर्‍याउन प्रदेश १ मा १३ मन्त्रालय, मन्त्री नियुक्तिमा संसदीय दलका नेता कोइरालाको आपत्ति 

भाग पुर्‍याउन प्रदेश १ मा १३ मन्त्रालय, मन्त्री नियुक्तिमा संसदीय दलका नेता कोइरालाको आपत्ति 


  • 9.3K
    SHARES
    • माघ २३, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 14.3K Views

    भाग पुर्‍याउन प्रदेश १ मा १३ मन्त्रालय, मन्त्री नियुक्तिमा संसदीय दलका नेता कोइरालाको आपत्ति 

    काठमाडौं, २३ माघ । प्रदेश १ सरकारले गठबन्धनका नेताहरुलाई भाग पुर्‍याउन मन्त्रालय विभाजन गरेको छ। प्रदेश सरकारका मन्त्रालय फुटाएर १३ पुर्‍याएपछि मुख्यमन्त्री राजेन्द्रकुमार राईले मन्त्रिपरिषद विस्तार गरेका हुन्। उनले आइतबार ८ जना मन्त्री नियुक्त गरेका हुन्। उनीहरुलाई आजै प्रदेश प्रमुख पर्शुराम खापुङले शपथ ग्रहण गराउने तयारी गरिएको छ।

    images

    कुन मन्त्रालय कसको भागमा ?

    गठबन्धनमा आवद्ध नेताहरुलाई भागबण्डा पुर्‍याउन मन्त्रालय फुटाइएको छ। आजबाट खानेपानी, सिँचाइ तथा उर्जामन्त्रीमा माओवादीका उपनेता रामकुमार राई, कृषिमन्त्रीमा माओवादी केन्द्रका प्रमुख सचेतक झलकबहादुर मगर नियुक्त भएका छन् ।
    यस्तै, सामाजिक विकासमन्त्रीमा नेकपा (एकिकृत समाजवादी)का राजन राई, पर्यटन तथा संस्कृतिमन्त्रीमा एकीकृत समाजवादीका झलनाथ खनाल निकट खिनु लङ्वा लिम्बु र सूचना, यातायात व्यवस्था तथा सञ्चारमन्त्रीमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका नाता सम्बन्धका उपेन्द्र घिमिरे नियुक्त भएका हुन्।

    कांग्रेसबाट वन, वातावरण तथा भूसंरक्षणमन्त्रीमा शेखरचन्द्र थापा, उद्योग, श्रम तथा रोजगारमन्त्रीमा ओमप्रकाश सरावगी र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्रीमा प्रकाशप्रताप हाङ्गाम नियुक्त भएका छन्। कांग्रेसबाट नियुक्त भएका तीन जनामध्ये थापा र हाङ्गाम सभापति शेरबहादुर देउवा निकट र सरावगी कांग्रेस नेता कृष्णप्रसाद सिटौला निकट हुन्। मन्त्रिपरिषद् विस्तारमा कांग्रेसका शेखर कोइराला समूहलाई वाइपास गरिएकाले असन्तुष्ट छन्।

    कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च गरी ५ दलीय गठबन्धनको सरकारले आइतबार ७ बाट मन्त्रालयको संख्या १२ पुु¥याउने निर्णय गरेको थियो । तर, अहिले अझै एउटा मन्त्रालय थप गरेर मन्त्रालयको संख्या १३ पु¥याएको हो।

    यसअघि मन्त्री नियुक्त भएका जनता समाजवादी पार्टीका नेता जयराम यादव स्वास्थ्यमन्त्री, कांग्रेसका उपनेता हिमाल कार्की सडक, पूर्वाधार तथा सहरी विकास मन्त्री, आर्थिक मामिला तथा योजनामन्त्रीमा आङ्बो र आन्तरिक मामिला तथा कानुनमन्त्रीमा कांग्रेसका प्रमुख सचेतक केदार कार्की छन्। सामाजिक विकास राज्य मन्त्रीमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी एक मात्र सांसद विष्णु तुम्बाहाम्फे रहेका थिए ।

    मन्त्रालय भागबण्डामा कांग्रेस संसदीय दलका नेता कोइरालाको असन्तुष्टि

    मुख्यमन्त्री राईले कांग्रेसको संसदीय दललाई पाखा लगाएर सभापति शेरबहादुर देउवासँगै बसेर मन्त्रालय बाँडफाड र मन्त्रीको नाम छनोट गरेकाले शेखर कोइराला निकट कांग्रेस संसदीय दलका नेता कोइरालाले असन्तुष्टि व्यक्त गरेका छन्।

    शेखर कोइराला निकट आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले राजीनामा दिने तयारी गरेका छन्। प्रदेश १ संसदीय दलमा कोइराला निकट प्रदेश सांसदहरुको बहुमत रहेको छ। मुख्यमन्त्री राईले देउवा निकट हाङ्गाम, थापा र सरावगीलाई मन्त्री नियुक्त गरेकाले कोइराला पक्ष असन्तुष्ट छन्।

    संसदीय दलका नेता राजिवले मन्त्रिपरिषद्का सदस्य तथा बहालवाला मन्त्रीलाई समेत जानकारी नदिइ मन्त्रालय फुटाउने र संसदीय दललाई वाइपास गरेर मन्त्री छान्नु भनेको दादागिरी भएको भन्दै असन्तुष्टि जनाए छन्। संसदीय दलका नेतालाई नै थाहै नदिई मन्त्रीमण्डलमा पठाउनेको नाम केन्द्रीय सभापतिबाट निर्णय गरिएकोमा कोइराला समूहको आपत्ति रहेको नेताहरुले बताएका छन्।


    तेस्रो आँखा