• ट्रेण्डिङ्ग :
झापामा सम्बन्धविच्छेदका मुद्दा बढे

झापामा सम्बन्धविच्छेदका मुद्दा बढे


  • 2.8K
    SHARES
    • जेठ १, २०८१ मंगलबार
    • २ बर्षs अघि
    • 4.3K Views

    झापामा सम्बन्धविच्छेदका मुद्दा बढे

    झापा, १ जेठ । गत वर्षको तुलनामा झापामा सम्बन्धविच्छेदका मुद्दामा वृद्धि भएको पाइएको छ । झापा जिल्ला अदालतका अनुसार चालु आर्थिक वर्षको १० महिनामा सम्बन्धविच्छेदका नौ सय ५४ मुद्दा दर्ता भएका छन् ।

    images

    चालु आवमा हालसम्म दर्ता भएका तीन हजार पाँच सय ५६ मध्ये २६ प्रतिशत सम्बन्धविच्छेदका मुद्दा रहेको झापा जिल्ला अदालतका श्रेस्तेदार किरणकुमार सिंहले बताउनुभयो । लागुऔषध, अंश, जबर्जस्ती करणीलगायत मुद्दा पनि बढिरहेका छन् ।

    श्रेस्तेदार सिंहका अनुसार गत वर्षसहित पछिल्ला १० महिनामा दुई हजार सात सय ८५ वटा मुद्दाको फैसला भएको छ । तीन हजार पाँच सय ५७  मुद्दा विचाराधीन छन् । 

    जिल्ला अदालतमा दरबन्दीअनुसार न्यायाधीश नहुँदा मुद्दाको चाप बढेको छ । आठजना न्यायाधीशको दरबन्दी रहेकामा छ जना मात्र सेवारत हुनुहुन्छ । 


    तेस्रो आँखा