• ट्रेण्डिङ्ग :
गलकोटमा रोपाइँको चटारो

गलकोटमा रोपाइँको चटारो


  • 3.1K
    SHARES
    • जेठ १८, २०८१ शुक्रबार
    • २ बर्षs अघि
    • 4.7K Views

    गलकोटमा रोपाइँको चटारो

    बागलुङ, १८ जेठ । देशका विभिन्न भागका किसान खडेरीबाट किसान चिन्तित भए पनि यहाँका  किसानलाई रोपाइँको चटारो छ । सिँचाइ सुविधाका कारण मध्यजेठमा  यहाँका खेलमा रोपाइँ भइरहेको छ ।

    images

    जिल्लामा अधिक धान उब्जाउने स्थानमध्येको गलकोटका चमुवा फाँटसहित दुदिलाभाटी, आँगाखेत, नरेठाँटी र हरिचौरमा रोपाइँको चटारो छ । 

    जिल्ला कृषि ज्ञान केन्द्रका अनुसार गलकोटपछि कुश्मीसेरा, बडिगाड, निसीखोला, बुर्तिबाङलगायत क्षेत्रमा जेठअन्तिमदेखि रोपाइँ हुने गरेको छ । मकै लगायका किसानले असार अन्तिम सातादेखि र साउनभरि रोपाइँ गर्छन् । 

    जिल्लाको दक्षिण अमलाचौर, नारायणस्थान, बिहुँ, पाला, मालिका, बुर्तिबाङको उपल्लो भेगलगायत स्थानमा पनि सोहीसमयसम्म  रोपाइँ हुने गरेको छ । बागलुङको छ हजार हेक्टर भूमिमा धानखेती हुँदै आएको छभने १० हेक्टरमा मात्र चैते धान हुने गरेको उक्त केन्द्रले जनाएको छ ।  


    तेस्रो आँखा